arrow

'लोकमान चरित्रलाई छाडा छोडे लोकतन्त्र खोक्रो हुन्छ'

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
rabindra-adhikari-uml.jpeg
काठमाडौं । एमाले सांसद रविन्द्र अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्ताव कुनै राजनीतिक दलको भन्दा पनि संसदको विशेष अधिकार भएकोले अहिले सोही विशेष अधिकारको प्रयोग भएको बताएका छन् ।
 
प्रस्तावको समर्थन गर्दै अधिकारीले नियुक्तिकै बखत अख्तियार प्रमुखमाथि यावत प्रश्न उठेको भएपनि नियुक्तिपश्चात प्रमुखले आफ्नो आचरण पद र व्यवस्था अनुसार गरेको भए अहिले यतिधेरै प्रश्न नउठ्ने अधिकारीले बताए । 
 
उनले जब अख्तियारको प्रमुखबाटै अख्तियारको दुरुपयोग हुने क्रियाकलाप भए तब लगातार प्रश्नहरु उठे –अधिकारीले भने  ।  
 
पोखरा विश्वविद्यालयदेखि त्रिभुवन विश्वविद्याल लगायत धेरै संस्थाहरुको उपकुलपतिदेखि खरिदारसम्म सबैलाई कारबाही गर्ने तथा उपयुक्त विधि र अनुसन्धानमार्फत दोषी पत्ता लगाउने नभई संस्थालाई नै सिध्याउने प्रयासबारे पहिलेपनि सदनमा कुरो उठेको सांसद अधिकारीले औंल्याए । 
 
कार्कीमाथिको महाभियोग प्रस्ताव एकै पटक नआएको बताएका अधिकारीले महाभियोग प्रस्ताव संसदमा भएको निरन्तर छलफल र प्रकियाबाटै विकसित भएको अवस्थाको प्रस्ताव रहेको बुझ्न सबैमा आग्रह गरे । 
 
कार्कीले संविधान र कानुनको बर्खिलाप गरेको तथा सर्वोच्च अदालतको समेत अवहेलना गरको सांसद अधिकारीले बताए । उनले भने, ‘संसदलाई कसैले अवज्ञा गर्न सक्दैन । कार्कीले संसदको समेत अवज्ञा गरे ।’
 
यस्ता खालका घटना लगातार भइरहँदा संसद टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै उनले महाभियोगको प्रस्ताव आएको र त्यसको फैसला गर्ने समय पनि आएको बताए । 
 
उनले एकतावद्ध भएर निष्कर्षमा पुग्न सबैमा आग्रह समेत गरे । कानुनले सबै संवैधानिक निकायको काम तोकिदिएको हुँदाहुँदै कुनै संस्थाको प्रमुखले अर्को संस्थालाई काम गर्न अवरोध सिर्जना गर्दा लोकतन्त्रको संस्थागत विकास नहुने पनि अधिकारीले बताए । यस्ता गतिविधिलाई छाडा छोडे यसले लोकतन्त्रलाई नै खोक्रो बनाउने अधिकारीको तर्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ