arrow

टीकापुर घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ : गच्छदार

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Bijaya_Gachhadar.jpg.jpeg
धनगढी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् । 
 
मंगलबार आयोजित पत्रकार सम्मेलनमा गच्छदारले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिए । 
 
अध्यक्ष गच्छदारले भने , “टीकापुर घटनाका नाममा राज्यले कयौँ निर्दोष थारूलाई फसाएको छ, घटनापछि कयौँ थारू विस्थापित भएका र कयौँको सम्पत्तिमा क्षति पुगेको छ” । 
 
सीमाङ्कनमा हेरफेर नगरी देशको समस्या समाधान हुन नसक्ने बताउँदै उनले आठ प्रदेश उपयुक्त विकल्प रहेको दाबी गरे। पूर्वमा झापा, सुनसरी मोरङ र पश्चिममा कैलाली कञ्चनपुरका विषयमा नयाँखाले सहमति गरी अविलम्ब संवैधानिक प्रक्रिया अगाडि लैजानुपर्नेमा अध्यक्ष गच्छदारले जोड दिए । 
 
उनले ठूला दलले आफूसँग कुनै सरसल्लाह नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माथिको महाअभियोग लगाएकाले यसमा आफूले कुनै टिप्पणी नगर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ