काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेको स्थायी समिति बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गरी सो प्रस्तावका पक्षमा सहमति गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
महाभियोग प्रस्तावबारे सदनमा छलफल आरम्भ भइसकेको छ ।