arrow

कोरोनाको अर्को लहर

अमेरिकामा बढ्यो कोरोना, प्रथम महिला संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्ला केही साता यता संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमण बढेको छ । बिरामीको अस्पताल भर्ना दरमा पनि वृद्धि भएको छ । 

एनबिसी न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै देशमा फेरि कोभिड–१९को अर्को लहर आएको सङ्केत गरेको छ । 

कोभिड–१९ बाट दैनिक रुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् । 

बितेका दुई सातामा औसत दैनिक १० हजार पाँच जना संक्रमित अस्पताल आएका तथा एक हजार तीन सय ९७ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको छ । 

यसैबीच अमेरिकी प्रथम महिला जिल बाइडेन पुन:कोरोना संक्रमणबाट संक्रमित भएकी छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उन कोरोनाबाट संक्रमित भएको पुष्टि भएको हो । 

राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

बहत्तर वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षण मात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनडेलावेयरको रेहोबोथ समुद्री किनारको घरमा बस्नेछिन् । 

एक वर्ष अघि पनि प्रथम महिला बाइडेनलाई कोभिड संक्रमण भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ