arrow

जी–२० मा भाग लिन बाइडेन भारत आउँदै, मोदीसँग द्धिपक्षीय वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
modi-biden-jayshankar.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि भारत आउँदैछन् । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि बाइडेन बिहीबार भारत आउन लागेका हुन् । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । 

उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन् ।

भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीया जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिएपछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो  । र उनको रिपोर्ट नेगेटिभ आएको थियो । 

जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बाइडेन जी–२० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली आउनेछन् । 

शुक्रबार बाइडेन भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतबार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।

बाइडेन मोदीको शैलीप्रति प्रभावित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ