arrow

उपप्रधानमन्त्री खड्काको स्वास्थ्यमा सुधार, प्रधानमन्त्री प्रचण्ड अस्पतालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
prachanda-purnabahadur-khadka-2080-05-20.jpg

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको हो । 

उनलाई भेट्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । शल्यक्रियापछि वार्डमा रहेका मन्त्री खड्काको अवस्था बुझ्न प्रचण्ड अस्पताल पुगेका हुन् । 

 खड्काको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारी नेतृत्वको टोलीले प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको हो । 

उनी गत साता बुधबार अस्पताल भर्ना भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ