arrow

नदीमा हामफालेर कार्यालय सहयोगीको मृत्यु

logo
प्रेम रौले,
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Bajura-hamrakura.jpg.jpeg.jpeg
बाजुरा ।  बडिमालिका नगरपालिका ७ मा पर्ने जडांगाको पुलबाट हाम फालेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ७ स्थायी घर भएका ३९ वर्षीय नन्दे बडुवाल रहेका छन् । गाउँ नजिकै रहेको बुढीगंगा नदीमा एकाएक हाम फालेको स्थानियले बताएका छन् ।
 
 दिउसो २ बजे नदीमा रहेको पुलबाट बडुवालले हाम फालेको खवरपछि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर खड्काले जानकारी दिएका छन् । 
 
मृतक बडुवाल बडिमालिका नगरपालिकाका कार्यालय सहयोगी समेत रहेका छन् । मृतकले के कति कारणले हाम फालेको भन्ने बारेमा कुनै जानकारी नभएको प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव फेला परिसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको  जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ