arrow

जी–२० का लागि बाइडेन शुक्रबार मात्रै भारत आउने, यस्तो छ तीन दिने कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
biden-england.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । भारत भ्रमणमा आउन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार मात्रै भारत आइपुग्ने भएका छन् । 

यसअघि बिहीबार नै नयाँदिल्लीमा आइपुग्ने जनाइएको भए पनि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रेस विज्ञप्ति जारी गर्दैै शुक्रबारदेखि आइतबारसम्म तीन दिन उनी भारत रहने जनाएको हो । 

बाइडेनको यो राष्ट्रपति बनेपछिको पहिलो भारत भ्रमण हो । उनी शुक्रबार साँझ एयरफोर्स – १ बाट दिल्ली पुग्नेछन् । बाइडेनलाई भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले स्वागत गर्न सक्नेछन् । 

शुक्रबार नै बाइडेन र मोदीबीच द्धिपक्षीय बैठक पनि हुनेछ । बाइडेन भारतअघि जर्मनीको रम्स्टिन शहर पुगेर भारत आउने छन् । 

उनी शनिबार र आइतबार हुने जी–२० शिखर सम्मेलनमा सामिल हुनेछन् । 

बाइडेन दिल्लीको आईटीसी मौर्या होटलमा रहने छन् । बाइडेनको सुरक्षाका लागि गोप्य सेवा टिम तीन दिन पहिले नै भारत आइसकेको छ । 

उनको सुरक्षाका लागि तीन सय जनाको गोप्य सुरक्षा टिम रहने छ । दिल्लीमा निकालिने सबैभन्दा ठूलो सुरक्षा दस्ता पनि उनकै हुनेछ । जसमा ५५ देखि ६० गाडी सामिल हुनेछन् । 

बाइडेनका लागि विश्वकै सबैभन्दा सुरक्षित कार ‘द बिस्ट’ पनि भारत ल्याइँदै छ । उनी यही कारमा रहेर जी–२० सम्मेलनमा जानेछन् । 

कुनै समय पाकिस्तानलाई आफ्नो समर्थक बताएको अमेरिकाले पछिल्लो केही समयदेखि भने भारतलाई आफ्नो मित्र बताउँदै आएको छ । 

यस्तो छ बाइडेनको भारत भ्रमणको कार्यक्रम
शुक्रबार मोदीसँग द्धिपक्षीय छलफल । 
शनिबार जी–२० सम्मेलनमा भाग लिने । 
वन अर्थ र वन फमेलीमा सामेल । 
आइतबार राजघाटमा रहेको महात्मा गान्धी समाधिमा पुष्प अर्पण ।  
आइतबारै भियतनाम जाने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ