arrow

परराष्ट्रमन्त्री महत बुधबार भारत जाने

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
prakash-sharan-mahat.jpg.jpeg
काठमाडौं । आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । 
 
सो बैठकमा नेपालका तर्फबाट मन्त्री  महत र भारतका तर्फबाट विदेशमन्त्री सुषमा स्वराजले प्रतिनिधित्व गर्दै छन् । सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा सो बैठकमा छलफल हुनेछ । 
 
आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री  महतले बताए । मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ