arrow

कोरोना लागेपछि जी–२० सम्मेलनमा आउन पाएनन् राष्ट्रपति सान्चेज

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
pedro-sanchez-spanish-president.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भएका छन् । जसका कारण अब उनी भारतमा शनिबार र आइतबार हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने छैनन् । 

पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एकको पोस्टमा सान्चेजले लेखेका छन, ‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, कोरोना पोजिटिभ देखिएको छ, त्यसैले म जी–२०  बैठकको लागि दिल्ली जान सक्दिन । तैपनि मलाई राम्रो महसुस भइरहेको छ।’

 राष्ट्रपति पेड्रो सान्चेजको सट्टा अब उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन् ।

उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन् । 

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ