arrow

विश्वका नेताहरु भारतमा, सुनक पत्नीसहित आए, मोदीले आजै बाइडेनसँग वार्ता गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
rishi-sunak-akchita-murti.jpg

काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनक भारत आइपुगेका छन् । शनिबारदेखि हुने जी–२० शिखर सम्मेलनमा सहभागीता जनाउन सुनक पुर्ख्यौली घर भारत आएका हुन् । 

सुनक पत्नी अक्षता मूर्तिसँगै नयाँ दिल्ली आइपुगेका हुन् । उनलाई केन्द्रीय राज्यमन्त्री अश्विनी चौबेले स्वागत गरेको एएनआईले जनाएको छ । 

त्यस्तै इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनी पनि दिल्ली आइपुगेकी छिन् । 

जापानका प्रधानमन्त्री फुमियो किशिदा पनि आफ्नी पत्नीसँगै दिल्ली आइपुगेका छन् । 

शिखर सम्मेलनका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका १५ नेताहरुसँग द्धिपक्षीय वार्ता गर्नेछन् । 

मिडिया रिपोर्टका अनुसार तीन द्धिपक्षीय वार्ता आजै हुनेछन् । यी सबै वार्ता उनकै आवासमा हुनेछ । 

मोदीले आज अमेरिका, बंगलादेश र मरिसससँग द्धिपक्षीय वार्ता गर्नेछन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेन साँझ ६ः५५ बजे (भारतीय समय) दिल्ली आइपुग्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ