टाटा टियागो ईभी आगामी मंगलबारबाट शुरु हुन गईरहेको १५ औँ टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित ‘नाडा अटो शो २०२३’ मा विशेष कार्यक्रममा आकर्षक शुरुआती मूल्यसहित सार्वजनिक गर्ने जानकारी प्राप्त भएको छ ।
ग्राहकहरुले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटो शोमा टाटा मोटर्सको स्टल नम्बर ए३ मा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सक्ने छन् ।
नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ । टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो, जुन भारतीय ईभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा पर्दछ ।
नेपालमा पनि टाटा टियागो ईभी धेरै सोधखोज भइरहेको गाडी हो । नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले विशेष गरी युवावर्गमा थप उत्साह र ईभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा रहेको छ ।
सिप्रदीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालमा टाटा टियागो ईभी ५ वटा भेरियन्टसहित ४ वटा कलरमा उपलब्ध हुनेछन् । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ किमी भनिएको छ भने नेपाली बाटोमा २५० किमि सम्मको रेन्ज दिने अनुमान गरिएको छ ।’
सिप्रदी अगाडि भन्छ, ‘अहिलेको समयमा टाटा मोटर्सका अत्यधिक रुचाइएका ईभी अर्थात् विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले पनि आफ्नो उत्पादनहरुका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउँदै आईरहेको जानकारी सबैलाई छ । नेपालकै पहिलो, ठूलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिंग स्टेशनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भइसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरी यो वर्ष चार्जिंग स्टेशनदेखि सर्भिस स्टेशनलाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना छ । यो सँगसँगै जनशक्तिको दक्षतालाई अझै मजबुत गर्न ईभी लर्निङ सेन्टर तथा ट्रेनिङ सेन्टरको थप निर्माण गर्ने योजना छन् ।’