arrow

वीपी साहित्य सम्मेलन

वीपीले नपाएको १५ वर्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
bp-sahitya-gagan-2080-05-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको ११० औँ जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय वीपीनगर सानेपामा आयोजना गरेको ‘वीपी साहित्य सम्मेलन–२०८०’ को दोश्रो दिन सोमबार ‘वीपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन् ।

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘वीपीले नपाएको १५ वर्ष’ विषयमा धारणा राखेका थिए । 

हरि शर्माले राजनीतिक पूर्वग्रहका कारण वीपीले दुई तिहाई बहुमतसहितको सरकाको नेतृत्व गरे पनि पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक अवधारणलाई व्यवहारिक रुपमा उतार्न नपाएको बताए ।

वरिष्ठ अधिवक्तासमेत रहेका विपिन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास वीपीले गर्न नपाएको बताए । 

अर्थविद् अच्युत वाग्लेले वीपीले समाजवादी अर्थनीति अनुशरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका संकेत देखिएका थिए । तर त्यसले निरन्तरता पाउन नसकेको बताए ।

आर्थिक मितव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने वीपीको अवधारणालाई तत्कालीन सरकारले २०१६ सालमा अभ्यास शुरुआत गरेको बताए ।  

मञ्चला झाले वीपी नेतृत्वको सरकारले समावेशी र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई आजको कांग्रेसले व्यवहारमा उतार्नु पर्ने खाँचो औँल्याइन् । 

नेपाली साहित्यका शिखर पुरुष महामानव वीपी कोइरालाको ११० औँ जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा आइतबारबाट शुरु भएको हो । 

तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सवको दोस्रो दिन सोमबार ‘बीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ