arrow

पहिरोले जोखिम भएका ३४ घरलाई स्थानान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
pahiro-dolkha.JPG

जुम्ला।  मुगुको छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ ।

भवन निर्माण आयोजना जुम्लाका सब-इन्जिनियर चन्द्रबहादुर खड्काले भन्नुभयो, “छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँमा बाढीपहिराका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका-९ स्थित चिमाथमा बस्ती सारिएको छ ।”

घर स्थानान्तरणका लागि सङ्घीय सरकारको बजेटमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट उच्च पहिरो र बाढीको जोखिम भएका लुम्सा गाउँका बस्ती सारी घर निर्माण गरिएको हो । दलित आवास कार्यक्रमबाट प्रतिघर रु  पाँच लाखका दरले सो वडाका घरहरु निर्माण गरिएको आयोजनाका सब-इन्जिनियर खड्काको भनाइ छ ।

विभिन्न समयमा लुम्सा गाउँमा आएको भीषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो । पटक-पटक सरकारसँग बस्ती सारिदिन माग गरेपछि गत वर्ष सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट ३४ घर निर्माण भई बस्ती स्थानान्तरण भएको स्थानीयवासी पूर्णचन्द्र विश्वकर्माले बताए । 

उनले भन्नुभयो, “मलगायत यहाँका स्थानीयवासीले अहिले नयाँ घर पाएका छन् । बाढी पहिरोबाट घर जोखिममा छैनन् । राम्रोसँग घरमा बस्न पाएका छाँै । यो नमूना कार्यका लागि भवन निर्माण आयोजना जुम्ला र बजेटको व्यवस्थापन गरिदिने सम्बन्धित मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँका स्थानीयवासीमा खुसी छाएको उक्त गाउँका स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ