काठमाडौँ। टाटा मोटर्स प्यासेन्जर भेहिकलद्धार नाडा अटो सोलाई लक्षित गरी बहुप्रतिक्षित तीन वटा गाडीहरू टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरू टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको हो।
राजधानीको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो “टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३” मा यी उत्पादनहरूको विक्री वितरण सुरु गरिएको हो।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच वटा मुख्य विशेषताहरू रहेका छन्। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीयता रहेका छन्। क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन्। यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ। यस टियागो इभी सीमित अवधिका लागि सुरुवाती मूल्य रु २१.९९ लाख राखिएको छ भने अन्य भेरिअन्टहरूको मूल्य यस प्रकार रहेको छ।
SN
Model
MRP
1
Tiago EV MR XE
21,99,000
2
Tiago EV MR XT
22,99,000
3
Tiago EV LR XT
25,49,000
4
Tiago EV LR XZ±
26,99,000
5
Tiago EV LR XZ± Tech
27,99,000
यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३ किलोमिटर रहेको छ। टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ। आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरू भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ। सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेप्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन्। नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ।
SN
Model
MRP
1
Nexon EV Max XZ±
45,99,000
त्यसै गरी, टाटाको “न्यु फरेभ” रेन्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरू हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन्। नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरूको बदलिँदो इच्छा एवं आकाङ्क्षाहरूको परिपूर्ति गर्दछ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रूपमा पनि परिचित छ। टियागो इभीको बजार मूल्य यस प्रकार रहेको छ।
SN
Model
MRP
1
PUNCH Pure
33,99,000
2
PUNCH Adventure MT
37,49,000
3
PUNCH Accomplished MT
40,49,000
4
PUNCH Creative MT
43,49,000
“नेपालकै प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरू नेपाली ग्राहकहरू समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौ,” टाटा मोटर्सको इन्टरनेशनल बिजनेस हेड मयंक वाल्डी भन्छन्। “हरित यातायातको विकासमा निरन्तर नयाँ-नयाँ आयामहरू थप्दै गर्ने हाम्रो प्रतिविद्धतालाई टाटा टियागो इभीले प्रतिनिधित्व गर्छ। त्यसै गरी, टाटा पन्चले नेपाली बजारमा हाम्रो “एसयुभी पोर्टफोलियो” लाई थप बलियो एवं बृहत् बनाउँदै जाने प्रयासलाई दर्साउँछ। यी दुवै गाडीहरूले नेपाली ग्राहकहरूको मन र मस्तिष्कमा अमिट छाप छोड्ने छन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ,” उनी भन्छन्।
त्यसै गरी सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्छन्, “टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकको ड्राइभिङ्ग अनुभवलाई नवीन र दिगो ढङ्गले रूपान्तरण गर्ने साझा प्रतिविद्धताको प्रतिनिधित्व गर्छ। टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महसुस गर्दछ।”
नाडा अटो सोको पहिलो दिनमा टाटाले ग्राहक एवम् मिडियाहरूबाट अपेक्षा गरे भन्दा बढी साथ र समर्थन पाएको छ।