arrow

सरकार संविधान संशोधनको अन्तिम तयारीमा, त्यसपछि निर्वाचनको मिति घोषणा : प्रम दाहाल

प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डरले कतिपयलाई मैले देशको नेतृत्व गरेको मन परेको छैन

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
PM-boleko-news-aa.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नसुस्ताएको र निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको बताएका छन् । बुधबार माओवादी केन्द्र पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले दाहालले भने, ‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँनेछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं ।’

संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘विवादहरु घटेका छन् । राजनीतिक समझदारीको वातावरण बन्दैछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’ पछिल्लो समय सत्ताधारी र विपक्षीहरु एक धारमा आएका छन् ।

यस्तै,  प्रधानमन्त्री दाहालले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको समेत बताए । प्रधानमन्त्री दाहालले भने,  ‘मैले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् । तर, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’

यस्तै, भेटमा प्रधानमन्त्री दाहालले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने सुनाए । दाहालले थपे,  ‘पर्वत जिल्ला विकासका दृष्टिले ओझेलमा पर्ने गरेको तपाईहरुको भनाईमा गहिरो मर्म लुकेको छ । तपाईहरुले विभिन्न मन्त्रालयमा पेश गरेका योजनाहरुलाई सरकारले प्राथमिकतामा राख्नेछ । तपाईहरुले पारदर्शी रुपमा जनताको हितमा समर्पित भएर काम गर्नुहोला ।’

नयाँ सरकार गरिबको पक्षमा क्रियाशील रहेकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले सरकारलाई गरिबको पक्षमा फर्काउन खोजिएको छ । गरीबका लागि सरकार कार्यक्रम यत्तिकै भनिएको होइन–भने । प्रधानमन्त्री दाहालले विस्तारमा भने, ‘हामी गरिबको पक्षमा राजनीति गरेर आएका हौं । विगतमा आफ्नो वर्गको सेवा गर्ने कुरामा हामी अलिकति चुकेका छौं । यसपटक वास्तविक गरिबहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कामका लागि विशेष अभियान सञ्चालन गरिनेछ । यो अभियान गरिबहरुको सेवा गर्ने दीर्घकालीन र रणनीतिक योजना हुनेछ । गाउँ–गाउँमा बजेट र गरिबमूखी कार्यक्रम लगेर जनताको सेवा गरिनेछ ।’

भेटमा माओवादी केन्द्र पर्वतका नेत्रनाथ अधिकारी, कृष्ण पराजुली, दीपक आचार्य, मनरुपा सुवेदी, ढाकाराम गौतम लगायतका नेताहरुले पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न, शहिद परिवारहरुलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न, विकास निर्माणलाई दुरदराजसम्म लैजाने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ