arrow

बाबुको अन्तिम संस्कार गर्न आइपुगे नेम्वाङका कान्छा छोरा सुहाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
suhang-nemwang-subash-nemwang.jpg

काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार गर्नका लागि उनका कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट फर्किएका छन् । 

उनी कामको सिलसिलामा १५ दिन अगाडिमात्रै अष्ट्रेलिया गएका थिए । एक महिनाका लागि अष्ट्रेलिया पुगेका उनी काम अधुरै छाडेर फर्किएका हुन् । 

उनी गएराति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए । सुहाङ पेशाले कानून व्यवसायी हुन् । 

नेम्वाङका जेठा छोरा भने बेलायतबाट आज फर्किदै छन् । नेम्वाङको हिजो बिहान निधन भएको थियो । 

नेम्वाङको भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । 

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । 

हिजो बिहानदेखि एमालेको मुख्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ । 

त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित घरमै लगिने छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ