arrow

माछापुच्छ्रे बैंकको साधारण सभा असोज १८ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
machhapuchhre-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सो सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

उक्त सभामा बैंकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयर धनीहरुलाई वितरण हुनेछ । 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । 

तसर्थ असोज ७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ