arrow

सुवास नेम्वाङको निधनपछि विष्णु पौडेलको पश्चाताप -  म वहाँको घरमा जानुपर्थ्यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
bishnu-poudels.jpg

काठमाडौं ।  संविधान सभा अध्यक्ष सुवास नेम्वाङकोको निधनपछि एमाले उपाध्यक्ष  विष्णु पौडेलले पश्चाताप व्यक्त गरेका छन् । सोमवार दिउँसो आफू संसदीय दलको कार्यालयमा जाँदा उपनेता नदेखेपछि फोन सम्पर्क गरेर उपाध्यक्ष पौडेलले बुझेका थिए । 

फोनमा स्वर कमजोर सुनेपछि स्वास्थ्य अवस्थाबारे बुझ्दा आफू अस्वस्थ भएको जवाफ स्व. नेम्वाङले दिएका थिए । फोनमा अस्वस्थ भनिसकेपछि आफूले आराम गर्न र औषधि सेवन गर्न आग्रह गर्दै अर्को दिन भेट्ने वाचा पनि राखे । तर अस्वस्थ भनिसकेपछि उनलाई घरमै गएर आफूले भेट्नुपर्नेमा भेट गर्न नसपाएकोप्रति पश्चाताप पौडेललाई छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते बिहान हृदयाघातका कारण निधन भयो। पौडेल अहिले पश्चाताप गर्दै भन्छन् ,' मैले सोमबार दिउँसो मात्रै उहाँसँग फोनमा संवाद गरेको थिएँ । म सिंहदरबार जाँदै थिएँ । प्रायः उहाँ सिंहदरबारमा दलको कार्यालयमा दलको उपनेताको कार्यकक्षमा प्राय हुनुहुन्थ्यो । मैले उहाँ दलको कार्यालयमा हुनुहुन्छ भने भेट्नुपर्ला भनेर फोन गरेँ । मैले दिउँसो सवा २ बजेतिर फोन गरेको थिएँ । फोन गर्दा उहाँको स्वर भारी भएको सुनियो । मैले स्वास्थ्य ठिक छैन की के हो ? भनेर सोधेँ । उहाँले असहज र अस्वस्थ भएको बताउनु भयो । मैले आराम गर्न र औषधि खान आग्रह गरेँ । भोलिपर्सी भेटौँला भने । उहाँले औषधि खाएर आराम गर्ने कुरा बताउनु भयो । उहाँलाई यसरी गुमाउनुपर्छ भन्ने अनुमान गर्न सकिने अवस्था रहेन । मलाई पश्चाताप छ की म दलको कार्यालयबाट उहाँको निवासमा गएर उहाँको स्वास्थ्य लाभको कामना गर्नुपर्दथ्यो । डाक्टरसँग भएको कन्सलटेसनबाट जानकारी लिनु पर्दथ्यो । त्यो गर्न सकिनँ चुकेँ भनेर पश्चाताप महसुस भएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ