हेटौडामा ग्याँस सिलिण्डर पड्केर आगलागी, एउटै घरमा रहेको नापी कार्यालय पनि जल्यो
प्रकाशित २०७३ कार्तिक १० बुधबार
1.2k
Shares
मकवानपुर । हेटौडामा जिल्ला नापी कार्यालय रहेको घरमा आगलागी भएको भएको छ । हेटौंडा उपमहानगरनगरपालिका–५ सानाे पाेखरास्थित एउटा घरको भुइँतल्लामा आगो लागेको भएपनि बीचको तल्लामा रहेको नापी कार्यालयमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नापी कार्यालय भएको घरको मुनी डोरी, पोलिथिन पाइहरु भएको ठूलो हार्डवेयर पसल र अर्कोपट्टी चिया पसल रहेका घटनास्थलमा खटिएका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए । ओगा नियन्त्रणमा लिने कार्य भइरहेको बताउँदै प्रनाउ गौतमले
भुइँतल्लामा रहेको चिया पसलमा ग्याँस सिलिण्डर पड्किएर आगो लागेको जानकारी दिए ।
गौतमका अनुसार आगलागीबाट केही मोटरसाइकल समेत जलेका छन् । हेटौडामा उपलब्ध दमकलको सहायतामा स्थानीयवासी, सुरक्षाकर्मी लगायतले निभाउने प्रयास गरिरहेका छन् । नापी कार्यालयका कर्मचारीहरुलाई भने सकुशल बाहिर निकालिएको छ ।
स्थानीय दमकलले आगो निभाउन नसक्ने देखिएकोले बारा जिल्लाबाट पनि दमकल मगाइएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।