arrow

बाइडेनमाथि महाभियोग लगाउन सभामुखको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
joe-biden2.jpg

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन् । 

म्याकार्थीले मङ्गलवार पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताएका हुन् । 

हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको बताए । रिपब्लीकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए । 

बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने बताए । बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडिरहेका छन् । 

८० वर्षीय राष्ट्रपति माथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरूले धम्की दिएका छन् ।

ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरूले भने महाअभियोग राजनीतिक बदलाको रूपमा आएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ