arrow

बाख्रा चराउन गएका भक्तबहादुर मृत भेटिए

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ कार्तिक १० बुधबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम। जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्गको शव बुधबार भेटिएका छन् । ५० वर्षे तामाङ्ग घर नजिकै रहेको बाघ खोर जंगलमा मंगलबार  विहान बाख्रा चराउन गएका  थिए।
 
 साँझमा बाख्रा मात्रै घर फर्किएपछि आफन्त र  छरछिमेकीले तामाङ्गलाई  खोजेपनि भेटेनन् । विहीबार विहान प्रहरी र स्थानीयले खोजी गर्दा लडेर टाउकोमा चोट लागेको अवस्थामा तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । 
 
तामाङको जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टम गरिएको छ । तामाङको घरमा श्रीमती, २ छोरा र ३ छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ