तेह्रथुम। जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्गको शव बुधबार भेटिएका छन् । ५० वर्षे तामाङ्ग घर नजिकै रहेको बाघ खोर जंगलमा मंगलबार विहान बाख्रा चराउन गएका थिए।
साँझमा बाख्रा मात्रै घर फर्किएपछि आफन्त र छरछिमेकीले तामाङ्गलाई खोजेपनि भेटेनन् । विहीबार विहान प्रहरी र स्थानीयले खोजी गर्दा लडेर टाउकोमा चोट लागेको अवस्थामा तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
तामाङको जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टम गरिएको छ । तामाङको घरमा श्रीमती, २ छोरा र ३ छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।