arrow

यी हुन् नेम्वाङका दुई छोरा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
nembang-son.jpg

काठमाडौँ  । संविधानसभाका अध्यक्ष  सुवासचन्द्र नेम्वाङका दुई छोरा रहेका छन् । 

बाबुको अन्तिम संस्कार गर्न  नेम्वाङका दुई छोरा  जेठा  मेङ्सो नेम्वाङ र कान्छा छोरा सुहाङ नेम्वाङ विदेशबाट नेपाल आएका हुन् । 

नेम्वाङका दुई श्रीमती रहेका छन् ।  जेठीका तर्फबाट मेङ्सो हुन् भने कान्छी तर्फबाट सुहाङ  रहेका छन् । 

मेङ्सो नेम्वाङ  बेलायतमा बसेबास गर्छन् ।  उनी  फर्किएसँगै हिजो एमाले मुख्यालयमा श्रद्धाञ्जली दिन भाइ सुहाङसँगै  पुगेका थिए । 

कान्छा छोरा सुहाङ कामको सिलसिलामा १५ दिन अगाडि मात्रै अस्ट्रेलिया गएका थिए ।  एक महिनाका लागि अस्ट्रेलिया पुगेका उनी काम अधुरै छाडेर फर्किए । 

 सुहाङ पेशाले कानून व्यवसायी हुन् । उनी नेपालमै बस्दै आएका छन् ।  नेम्वाङको अन्त्येष्टि आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ