arrow

मुख्य तीन दलका शीर्ष नेता बालुवाटारमा

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
TIn-neta-balurwatarma.jpeg

काठमाडौं । मुख्य तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी तीन शीर्ष नेताको बैठकमा पछिल्लो समय परिवर्तित राजनीतिक घटनाक्रम एवं समसामयिक विषयमा कुरा भइरहेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरी तिम्सिनाले जानकारी दिए ।

साढे ४ बजेपछि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तीनै जना छन् ।

प्रधानमन्त्री दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमासिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग प्रस्ताव र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक डाकेका हुन् ।

महाअभियोग प्रस्तावको तरंगले सत्तारी दुई दल र प्रमुख विपक्षी दलबीच रहेबो तिक्तता मेटाउन र अब जाने सहमतिको बाटो तय गर्न पनि दाहालले छलफल बोलाएका हुन् । यो बैठकले तीन दलको सम्वाद सुरु भएको भन्दै सकारात्मक सन्देश दिएको बताइएको छ । महाभियोग प्रस्तावपछि विकसित राजनीतिक माहोलले स्थानीय निकायको पुनःसंरचना, संविधान संशोधन, निर्वाचन लगायतका महत्वपूर्ण राजनीतिक विषयहरुमा मुख्य दलहरुबीचमै सम्वाद हुन सकेको थिएन ।

बीचमा तिहार र छठ परेको तथा भारतीय राष्ट्रपति प्रणब मुखर्जीको राजकीय भ्रमण रहेकाले पनि दलका नेताहरु एक ठाउँमा आएका बताइएको छ । प्रधानमन्त्रीले शीर्ष दुई नेतासँग भारतीय राष्ट्रपतिको भ्रमण तयारीबारे पनि परामर्श गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ