arrow

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो : मन्त्री किराती

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
sudan-kirati-bhanai.JPG
तस्बिर-फाइल

ललितपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् ।

गोदावरी नगरपालिका-३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरे ।

“गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना ठाउँ हो”, मन्त्री किरातीले भने, “जडीबुटी र वनस्पतिले भरिपूर्ण गोदावरी क्षेत्रमा सबै अवलोकनका लागि आउनुपर्ने देखिन्छ ।” 

यस क्षेत्र पर्यटनका लागि पनि देशकै नमूना भएकाले सुन्दर बनाउनुपर्ने भन्दै उनले जोड दिए । 

मन्त्री किरातीले पछिल्लो समय डेङ्गु डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष सानोराज घिमिरेले वडा नं ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा मन्त्री, जनप्रतिनिधि, सरसफाइ अभियानकर्ता, स्थानीय, कर्मचारी, व्यावसायिक र प्रहरीको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ