arrow

ओलीले भने- नेम्वाङ सफल राजनेता [भिडियो]

नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि हुदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
oli-rajneta-subash.jpg

काठमाडौं ।  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवङ्गत संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् ।

बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन्। 

उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए । 

उनले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसद्को गरिमा बढाएको बताए । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानून उल्लङ्घन गर्नु नहुने मान्यतामा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ