काठमाडौँ । उमेश पौडेल प्रविधि पत्रकार मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौँमा शुक्रबार सम्पन्न १०औँ वार्षिक साधारण सभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा पूर्णभक्त दुवाल तथा सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा अनिल न्यौपाने र सहसचिवमा रक्षा रेग्मी निर्वाचित भएका छन् ।
सदस्यमा अभिशेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाशचन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।