arrow

खाली खुट्टा रहेका दुई सय ३१ विद्यार्थीलाई सांसद यादवले गरे चप्पल सहयोग 

logo
निरञ्जन साह,
प्रकाशित २०८० भदौ २९ शुक्रबार
baldiwas-sandal-2080-05-30.jpg

धनुषा । मधेस प्रदेशका सांसद रामआशिष यादवले २००७ सालमा स्थापित एक सामुदायिक विद्यालयका बालबालिकाहरुलाई चप्पल उपलब्ध गराई राष्ट्रिय बाल दिवस मनाएका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (२), शहीदनगर नगरपालिकाको बासुदेवपट्टीस्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुलाई एक जोडी चप्पल उपलब्ध गराएर राष्ट्रिय बाल दिवस मनाइएको हो।

प्रदेश सांसद यादवले विद्यालय निरीक्षणको क्रममा अधिकांश बालबालिकाहरु नांगै खुट्टा विद्यालय आउने गरेको दृश्य हेरेपछि सो अवोध बालबालिकाहरुका लागि चप्पल व्यवस्थापन गरेका हुन् । 

राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाहरुलाई चप्पल व्यवस्थापन गराउने कार्यको स्थानीय अभिभावकहरुले प्रशंसा गरेका छन् । 

प्रदेश सांसद यादवको समन्वयमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विजयलाल कायस्थको सहयोगमा विद्यालयका २३१ जना बालबालिकाहरुलाई एक एक जोडी चप्पल सहयोग प्रदान गरिएको हो ।

समृद्धिको प्रवेशद्वार शिक्षा रहेको मुल मंत्रलाई आत्मसात गर्दै समाजसेवी नेता यादवले धनुषा जिल्लाको सबैभन्दा जेठो श्री जनता आधारभूत विधालय को जिर्ण अवस्थामा रहेको कक्षा कोठा भवनको मर्मतसम्भार ,विधालयमा खेलकुद व्यवस्थापन, बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्धसहित कार्यहरु निरन्तर रुपमा गरिरहेको कुरा पूर्व शिक्षक समाजसेवी पुरुषोत्तम कर्माचार्यले बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी शिवनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाप्रेमी माथुरा मंडल, प्राधानाध्यापक नारायण मंडल, अभिभावकहरु बौएलाल महरा ,रामदयाल सदा, रामकिशोर मुखिया, गुरुदयाल यादवसहित स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ