arrow

वीपी ग्रन्थ पाएपछि कैदीले भने- 'देशलाई सहयोग गर्छु'

शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण

logo
प्रेम रौले,
प्रकाशित २०७३ कार्तिक १० बुधबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । नेपाल तरुण दलको ६३ औ स्थापना दिवसका अवसरमा नेपाल तरुण जिल्ला कार्य समिति बाजुराले एक कार्यक्रमका वीच जिल्ला कारागारको सुधार केन्द्रमा रहेका कैदीहरुलाइ शैक्षिक किताव तथा खेलकुदका सामान हस्तान्तरण गरिएको तरुण दल जिल्ला कार्य समितिका अध्यक्ष कुम्भनाथ योगीले बताएका छन् । उनले कारागार भित्र रहेका युवाहरुको सिर्जनात्मक कार्यलाइ प्रात्साहन गर्नका लागि र उनीहरुको शैक्षिक र खेलकुदको विकास गर्नका लागि उक्त सामान हस्तान्तरण गरिएको बताए ।
 
जिल्ला कारागारमा रहेका कैदीहरुको उत्साह र शैक्षिक र खेलकुदले वृद्धी र विकासमा सहयोग पुग्ने तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले बताए। जिल्ला कारागार भित्र शुभ दिपावलीका अवसरमा पुर्व भुमिसुधार सहायक जनक गिरीले एक औपचारिक कार्यक्रमका वीच २० वटा पुस्तक र भलिवल र व्याटम्यान्टिन हस्तान्तरण गरिएको छ ।  जसमध्ये एक वटा भलिवल र जाली र एक वटा व्याटम्यान्टिनको जाली र चिना हाराएको मान्छे,वीपी ग्रन्थ,देशले हारेको युद्ध,बादी उपन्यास लगायतका पुस्तक कैदीलाइ गिरीले हस्तान्तरण गरेका छन् ।
 
सुधार गृह भित्र रहदा खेलकुद र शैक्षिक पुस्तक नहुदा दैनिक रुपमा दिनचर्या विताउन मुस्किल हुने गरेको मोहन विष्टले बताए । उनले शैक्षिक र खेलकुदका सामग्री दिएकोमा तरुण दललाइ धन्यवाद ज्ञापन गरेका छन् । शैक्षिक तथा खेलुकदका सामान पाए पछि वीपीको जस्ता देशलाइ सहयोगी कार्य गर्ने बताएका छन् । यसै गरी दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा रहेका विरामीहरुलाइ फलफुल वितरण गरिएको कोषाध्यक्ष श्रीचन्द्र उपाध्यायले बताए । स्वास्थ्यमा रहेका ५ वटा विरामीलाई पुर्व सहायक मन्त्री जनकराज गिरी लगायतका जिल्ला तहका नेताहरुले वितरण गरिएको उपाध्यायले बताए छन्  ।
 
पुस्तक र खेलकुद हस्तान्तरणका लागि जिल्ला तहका नेता तथा कार्यकर्ताहरुसंग आर्थिक संकलन गरि कैदीहरुलाइ हस्तान्तरण गरिएको बताइएको छ । पुस्तक तथा खेलकुद हस्तान्तरणमा बोल्दै काँग्रेस नेता तथा पुर्व भुमि सुधार सहायक मन्त्री जनकराज गिरीले युवाहरुले जान अनजानमा गल्ती गरेको भएपनि यसलाइ कुनै नया सिर्जनशिल कार्य र विकास   वृद्धीमा अग्रसर हुन आग्रह गरे । 
 
हस्तान्तरणमा नेपाली काग्रेस जिल्ला कार्य समिति सचिव दिपक शाह तरुण दल अध्यक्ष कुम्भनाथ योगीले यस पछि  अन्य  सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हस्तान्तरण कार्यक्रममा तरुण दलका पदाधिकारी र अन्य जिल्ला तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ