arrow

खुर्सानीको धुलो हालेर सोर्‍ह लाख लुटियो

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
substitute-for-chili-powder_lg.jpeg
दाङ। दाङको तुलसीपुर बसपार्कबाट बुधबार बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ । प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको  १० लाख भारु लुटपाट भएको हो । मोटरसाइकल चढेर आएका तीनजना नकाबधारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेका हुन् । 
 
लामिछाने बुटवल वस्त्रालयमा लामो समयदेखि कार्यरत कर्मचारी हुन् । तुलसीपुर–१४ चैलाही निवासी लामिछानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी अनुसन्धान सुरु गरेको गरेको छ । इप्रकाका प्रमुख डिएसपी लोकनाथ तिमिल्सेनाले अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने बताए । 
 
बुटवल वस्त्रालयका मालिक राजकुमार श्रेष्ठले लामिछानेलाई उक्त रकम दिएर पसलका लागि सामान लिन पठाएको बुझिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ