arrow

टेलिकमको एक्सचेन्ज रुपन्देहीमा

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
telecomexchangr.jpeg
काठमाडौँ ।  रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमले नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच  सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले सो एक्सचेन्जको उद्घाटन गरेका छन् । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरे ।
 
सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताए । 
 
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताउँदै थ्रीजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्‍याउन र फोजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् ।
 
नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । सो मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । एक्सचेन्जको सुरुवातसँगै सो क्षेत्रका ग्राहकहरु टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ