arrow

सोलुखुम्बु जिल्लाको नाम्चेमा नबिल बैङ्कको शाखा उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
nabil-namche-branch.jpg

सोलुखुम्बु। देशकै अग्रणी बैङ्कको रूपमा परिचित नबिल बैङ्क लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ। बैङ्किङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैङ्कले जनाएको छ।

नबिल बैङ्कका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रूपमा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको उपस्थितिमा शाखा उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैङ्कको रहेको बताए। ‘नबिल बैङ्कले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उनले भने।

प्रमुख अतिथि शेर्पाले यस क्षेत्रमा नबिल बैङ्कको उपस्थितिले खुसी तुल्याएको बताए। उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैङ्कको उपस्थिति अर्थपूर्ण रहने बताए।

नबिल बैङ्कका सिइओ ढुङ्गानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैङ्किङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए। ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुङ्गानाले भने।

उद्घाटन समारोहमा वडा सदस्य न्वाङ शेर्पा, सीमा प्रशासकीय  अधिकृत सुजन कुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राई लगायत स्थानीय प्रतिनिधिका साथै नबिल बैङ्कका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क मध्ये एक हो । बैङ्कको देशभर २६५ शाखा सञ्जालसहित ३०६ एटिएम मेसिनबाट सेवा दिएको छ। नबिल बैङ्कसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक सङ्ख्या पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ