arrow

मित्र भन्दै नीलाम्बर आचार्यले यसरी सम्झिए सुवास नेम्वाङलाई [भिडियो]

नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
nilamber-acharya-2080-06.jpg

काठमाडौं ।  संविधानविद् नीलाम्बर आचार्यले स्व. संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्नो पुरानो मित्र भएको बताएका छन् । मङ्गलवार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले सुवासलाई सम्झिएका हुन् । 

 आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

 सबैको भावनालाई समेटेर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउन सक्ने क्षमता भएका सुवास नेम्वाङको निधनले ठूलो क्षति पुर्‍याएको बताए । 

उनले नेम्वाङकै कारण दोस्रो संविधान सभाले नेपालको संविधान निर्माण गर्न सकेको दाबी समेत गरे । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानूनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए । 

उनले नेम्वाङले अरूको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गर्नुभएको पनि स्मरण गरे । आचार्यले नेम्वाङजस्तो देशले सम्मान गरेका नेताको भूमिका पाएको भन्दै एमालेलाई भाग्यमानी पार्टीको रूपमा चित्रण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ