arrow

विश्वलाई युक्रेनको साथमा उभिन बाइडेनको आग्रह

रूसलाई रिझाउन नखोज्न चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
biden-un.jpg

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई मञ्चको आकर्षण बनाउँदै विश्वलाई रूसको ‘नग्न आक्रामकता’लाई ‘खुसी’ पार्ने प्रयास नगर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधनमा गर्दै बताएका छन् । 

आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की युद्धपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा सहभागी भएका छन् । 

बाइडेनले रूसको आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन सदस्य राष्ट्रलाई आग्रह गर्दा जेलेन्स्कीले बाइडेनलाई ध्यान दिएर सुनेको देखिन्थ्यो । 

बाइडेनले भने, “महासभामा सहभागी हुन न्यूयोर्क नआएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व ‘थकित हुने छन् र युक्रेनलाई निर्ममतापूर्वक दमन गर्न दिनेछन्’ भन्ने सोचिरहेका छन् ।”

बाइडनले युक्रेन युद्ध र यसले निम्त्याउनसक्ने विश्व सुरक्षाबारे थप जोड दिँदै भने, “म तपाईंलाई यो प्रश्न गर्दछु : यदि हामीले आक्रमणकारीलाई खुसी पार्न संयुक्त राष्ट्र सङ्घको बडापत्रको मूल सिद्धान्तहरू त्याग्यौं भने, के यस निकायका कुनै पनि सदस्य राष्ट्रले उनीहरूलाई सुरक्षित गरिएकोमा विश्वस्त महसुस गर्न सक्छन् ? यदि हामीले युक्रेनलाई टुक्र्याउने अनुमति दियौं भने के कुनै पनि राष्ट्रको स्वतन्त्रता सुरक्षित छ ?” 

“भोलि हुने अन्य आक्रमणकारीलाई रोक्न सबैले आज यो नाङ्गो आक्रमणको सामना गर्नैपर्छ,” उनले भने । 

बाइडेनले युक्रेनको क्षेत्रीय अखण्डताको लागि आह्वान गर्दा चेम्बरबाट वाहवाही प्राप्त गरेका थिए तर धेरै प्रमुख विश्व नेताहरूले यस वर्षको संयुक्त राष्ट्रसंघको सत्रमा भाग नलिने निर्णय गरे, जसमा चीन, मित्र राष्ट्रहरू बेलायत र फ्रान्स पनि सामेल थिए ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासहितका नेताहरूलाई भेट्ने तयारी गरेका छन् । लुलाले यस पहिले युक्रेनले पनि युद्धको लागि जिम्मेवारी लिनुपर्ने र कीएभलाई पश्चिमी सैन्य सहायतामा अरबौं डलर खर्चेको आरोप लगाएका थिए । 

आफूलाई तटस्थ मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने लुलाले महासभामा भने, “वार्ताका लागि ठाउँ सिर्जना गर्न काम गर्न आवश्यक छ ।”

उनले थपे, “हतियारमा धेरै लगानी गरिएको छ र विकासमा निकै कम लगानी गरिएको छ ।

केही समय अघिसम्म अत्यन्त गोप्य रूपमा मात्र यात्रा गरेका जेलेन्स्कीले बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा युक्रेनसम्बन्धी विशेष सत्रमा भाग लिनुहुनेछ, जहाँ रूस एक स्थायी सदस्य हो जसले कुनै पनि बाध्यकारी कार्यहरूमा भिटो प्रयोग गर्दछ । 

घाइते युक्रेनी सैनिकको उपचार गरिरहेका न्यूयोर्कको एक अस्पतालमा सोमबार पुगेका जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घले अझै पनि ‘रुसी आतङ्ककारीलाई ठाउँ’ दिने गरेको भन्दै विश्व समुदायसँग रोष प्रकट गरे । 

– भयानक जलवायु सङ्कट चेतावनी –

सन् २०२२ को फेब्रुअरीमा रूसले गरेको आक्रमणलाई लिएर महासभामा रूसको चर्को आलोचना भएको छ, तर यस युद्धमा ध्यान केन्द्रित गर्दा केही विकासशील देशहरूले पनि रूसको आलोचना गरेका छन् । उनीहरूले पश्चिमाहरूलाई विशेष गरी अन्य अत्यावश्यक प्राथमिकताहरूबाट विचलित गरेको विश्वास गर्छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लिबियाको डेर्नामा हालै आएको बाढीले हजारौंको ज्यान लिएको घटनाबारे प्रकाश पार्दै महासभाको उद्घाटन गरेका थिए । 

गुटेर्रेसले भने, “अहिले हामी कुरा गरिरहँदा पनि भूमध्य सागरबाट शवहरू बगिरहेका छन्, जहाँ अर्बपतिहरूले आफ्ना विशेष डुङ्गाहरूमा सयल गर्दै सूर्यास्त हेरिरहेका छन् ।” 

उनले भने, “ असमानता, अन्यायको बाढी, हाम्रो बीचमा चुनौतीहरूको सामना गर्न असमर्थताका लागि डेर्ना हाम्रो संसारको अवस्थाको दु: खद तस्वीर हो ।” त्यस्तै अप्रत्यक्ष भाषामा बाइडेनले आफ्नो भाषणको प्रयोग गर्दै उत्तरी अमेरिका र युरोपमा आएको बाढी र डढेलो र अफ्रिकाको हर्न (सामाली प्रायद्वीप)मा खडेरीबारे आफ्नो धारण व्यक्त गरेका थिए । 

बाइडेनले भने, “यी दु: खद् तस्वीलाई एकसाथ लिएर यदि हामी जीवाश्म ईन्धनमा हाम्रो निर्भरता कम गर्न असफल भयौं यसले हाम्रो असफलतालाई प्रस्ट्याउने छ ।

जेलेन्स्कीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका साथै जर्मनीका चान्सलर ओलाफ शोल्जसँग पनि भेटवार्ता गर्नेछन् । 

संयुक्त राष्ट्रसङ्घमा जर्मनीको ५० औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै स्कोल्जले ‘विश्वमा नयाँ दरारहरू खुल्दै गएको’ बारे चिन्ता व्यक्त गरे । “साम्राज्यवादले फेरि एकपटक आफ्नो कुरूप अनुहार देखाइरहेको छ,” उनले भने । 

अमेरिका–चीन तनावको व्यवस्थापन गरिने–

 अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो भाषणमा संयुक्त राज्य अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धाको बारेमा बोल्दै यसको अन्त्यका लागि आश्वासन दिए । 

“जब चीनको कुरा आउँछ, म स्पष्ट र स्थिर हुन चाहन्छु । “हामी हाम्रा देशहरूबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न चाहन्छौं, त्यसैले यसले द्वन्द्वको संकेत गर्दैन,” बाइडेनले भने । 

चीनका उपराष्ट्रपति हान झेङले सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग महासभाका क्रममा भेटवार्ता गरेका थिए ।

बाइडेन र इरानका राष्ट्रपति इब्राहिम राइसीबीच संयुक्त राष्ट्रसङ्घमा हुने भनिएको एउटा बैठक पक्कै पनि अपेक्षित छैन ।

बाइडेनले दक्षिण कोरियामा फसेको ६ अर्ब अमेरिकी डलरबराबरको इरानी तेल राजस्वलाई खुला गर्ने काम गरेपछि इरान र संयुक्त राज्य अमेरिकाले पाँच–पाँच जना कैदीको अदलाबदली पूरा गरेसँगै कट्टरपन्थी इरानी नेता संयुक्त राष्ट्रसङ्घमा गएका थिए ।

कट्टर शत्रुसँगको सम्झौताका लागि आन्तरिक आलोचनाको सामना गरिरहेका बाइडेनले संयुक्त राष्ट्रसङ्घमा उक्त राज्यलाई आणविक हतियार विकास गर्नबाट रोक्न सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ