arrow

संविधानलाई सहमतिको दस्तावेज बनाउनुपर्ने : बडू

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
dilendra-prasad-badu.jpeg
जनकपुरधाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान संशोधनको तयारी सकारात्मक ढङ्ग अघि बढेको बताएका छन्।
 
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउँदै उनले संविधान संशोधनको समस्यालाई छिटो टुङ्ग्याउन इमानदारी आवश्यक छ भताए।
 
संविधानलाई सहमतिको दस्तावेज बनाउन सबै पक्ष गम्भीर भई वार्ता र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले संविधान संशोधन गर्दा समग्र राष्ट्रिय एकताको भावनालाई ध्यानमा राख्नुपर्ने खाँचो औँल्याए।
 
संविधान संशोधनका लागि समय तोक्नुभन्दा पनि कहाँ, कति, के संशोधन गर्ने त्यसमा केन्द्रित हुनु जरुरी भएको धारणा राख्दै उनले यथाशीघ्र संविधान संशोधनको टुङ्गो लगाउनुपर्ने बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ