ट्रक र मोटरसाइकल अापसमा टक्रिँदा दुईको मृत्यु, एक घाइते
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
993
Shares
बर्दिया । बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ६ ख ६२६७ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको रा १ प ७८३३ नम्बरको मोटरसाइकल आपसमा टक्रिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारु छन् ।
बर्दिया धधवार–३ कतर्नियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । ट्रक चालक कैलाली जिल्लाको हसिनिया बस्ने धनिराम चौधरी र ट्रक प्रहरीको नियन्त्रणमा छ । रासस