बझाङ। छिमेकी देश चीनसंग जोड्ने सुदुर तथा मध्यपश्चिमको सबै भन्दा छोटो ब्यापारिक बिकासको प्रमुख ताक्लाकोट नाकालाई खोल्न स्थानिय बासीले जोडदार माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । मंगलबार सदरमुकाम चैनपुरमा सुदुरपश्चिम समृद्धि मार्ग चैनपुर उरै ताक्लाकोट बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले ताक्लाकोट नाका लाई यथासिघ्र चाडो खोख्नु पर्ने माग राख्दै हस्ताक्षर गरेका हुन्।
सरकारले ताक्लाकोट नाका लाई खेल्न ब्यवास्ता गरेको भन्दै स्थानियबासीहरुले जिल्ला देखि केन्द्र सम्म दवापमूलक कार्यक्रमको आयोजना गरि सरकार लाई नैतिक दवाब दिने भएका छन् । चैनपुर ताक्लाकोट सम्मको बस्तुस्थिती बारे जानकारी लिन गएको एक टोली जिल्ला फर्के पछि यस नाका लाई खोल्नका लागी सरकारसंग माग गर्न जिल्लामा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दवापमूलक कार्यक्रमको औपचारिक रुपमा बझाङ सदरमुकाम चैनपुर बाट हस्ताक्षर संकलन गरि सुरुवात गरिएको हो ।
सुदुरपश्चिम पर्यटन अभियन्ता किशोर खड्काले ताक्लाकोट नाकामा सुदुर तथा मध्य पश्चिमको समेत भबिष्य जोडिएकाले यो नाकालाई यथासक्य चाडो खोल्ल हस्ताक्षर अभियान सुरु गरिएको बताए । दक्षिण एसियालाई जोड्ने सबै भन्दा छोटो त्रिदेशिय नाका ताक्लाकोट नै भएको दाबी गर्दै खड्काले भने धनगडी र काठमाण्डौमा समेत हस्ताक्षर संकलन गरि सरकारसंग जोडदार माग गर्न सबैलाई आग्रह गरे ।
खड्काले भने- 'यो नाका खोल्नका लागी नेपाल सरकार र चीन सरकार बिच कुटनितिक पहल हुनुपर्छ । सिमावर्ति क्षेत्रका मान्छेले अनाबश्यक दुख र झमेला बेहोर्नु परेको छ । हिन्दुहरुको प्रमुख पर्यटकिय क्षेत्र तथा आस्थाको केन्द्र कैलाश मानसरोबर दिल्लीबाट यस नाका हुदै जान सात सय किलो मिटर मात्र पार गर्नुपर्ने हुन्छ ।'
सुदुरश्चिम पर्यटन तथा साँकृतिक मन्चका अध्यक्ष रमण श्रेष्ठका अनुसार कैलाश मानसरोबर जाने भारतिय तिर्थयात्रीहरुले सिन्धुपाल्चोकको तातोपानी नाका हुदै जादा झण्डै २३ सय किलो मिटरको यात्रा गर्नु पर्दछ यो नाका बाट जाने हो भने भारत को राजधानी नयाँ दिल्लीबाट सात सय किलोमिटरमा पुग्ने सकिन्छ । हालको हुम्लाको हिल्साबाट जाने भारतिय पर्यटकहरुले मंहगो र लामो यात्रा गर्नु परेको समेत बताउदै श्रेष्ठले भने यो नाका एकदमै छोटो कम खर्चिलो भएको बताए ।
नेपालका उच्च स्तरका नेताहरुले ताक्लाकोट नाका खोल्न आश्वासन मात्र दिएको तर सरकारमा पुगेपछि यस नाकालाई भुसुक्कै बिर्सने भएका कारण बर्षेनी ताक्लाकोट नाकाको महिमा र गरिमा आझेलमा पर्दै आएको छ । स्थनियबासीहरुले चीनसंग जोड्ने नेपालको सबै भन्दा छोटो र सहज हुने ताक्लाकोट नाकाका बारेमा सरकारले उदासिनता देखाएको भन्दै आपत्ति समेत जनाएका छन् । धनगडीबाट बझाङ सदरमुकाम चैनपुर सम्म २ सय ६७ किलोमिटर कालोपत्रे भएको भएपनि सदरमुकाम चैनपुर बाट १८ किलो मिटर धमेनाको रुवातोला सम्म गाडी गुडेको भएपनि ताक्लाकोट सम्म ६४ किलो मिटर मात्र सडक बनाउनु पर्ने छ । तराईको धनगडी बाट चिनको स्वसाशित क्षेत्र तिब्बतको ताक्लाकोट सम्म ३ सय ४० किलो मिटर रहेको छ ।
नेपाल सरकारका तत्कालीन उप प्रधान तथा रक्षा मन्त्रि भिम राबलले फागुन महिनामा बझाङ आउदा ताक्लाकोट नाकालाई सरकारले यस बर्षको निती तथा कार्यक्रममा बिषेश प्रथमिकतामा राख्ने आस्वासन दिएरका थिए । त्यस्तै नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले समेत पटक पटक बझाङ आउदा सुदुर तथा मध्य पश्चिमको समृद्घीको आधार ताक्लाकोट नाका भएकाले यसलाई खोल्नका लागी आफुहरुले पहल गर्ने बाचा गरेर गएका थिए ।
माओबादीका अध्यक्ष पुष्पकमल दाहाल , नयाँ शक्तीका बाबुराम भट्टराईर नेकपा एमालेका सचिब ईश्वर पोख्रेल लगायत नेपाली काग्रेसका नेता मन्त्रि प्रकासमान सिहं लगायतका उच्च स्तरका नेताहरुले सुदुरपश्चिमको बिकासको आधार ताक्लाकोट नाकालाई खोल्न आफुहरु सक्रिय भएर लाग्ने बाचा गरेर गएका थिए । नेताहरुले यस क्षेत्रमा आउदा जहिले पनि ताक्लाकोट नाकाको बारेमा आफु जनताहरुका अगाडी प्यारो हुन चिल्ला भाषण गर्ने प्रति स्थानियले दुख प्रकट गरेका छन् ।
सरकारले सुदुरपश्चिमको विकासको मेरुदण्ड रहेको ताक्लाकोट नाकाका बारेमा सरकार बेखबर हुनुले यस क्षेत्रका बासिन्दाहरुमा निराशा छाएको छ । कैलाश मानसरोबर क्षेत्र जाने त्रिदेशिय छोटो नाकाले धार्मिक पर्यटनको सम्भावना समेत बोकेको यस आयोजनालाई राष्टिय गौरबको आयोजनाका रुपमा राख्नु पर्ने स्थानियको माग रहेको छ । ताक्लाकोट नाका खोलेसँगै कैलाश मानसरोबरको लागी धार्मिक पर्यटनको समेत ठूलो सम्भावना रहेको यस क्षेत्रको बिकासको ढोका खोलीने स्थानिय बुद्धिजिवि बताउछन् ।