arrow

टाटा मोटर्सले व्यावसायिक एस–ईभी भ्यान नेपालबाट गर्‍यो सार्वजनिक

नेपाली बजारमा टाटाले ल्यायो कमर्सियलतर्फ पनि 'एस ईभी'

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
sipradi-tata-motors-ace-ev-commercial-van.jpg

काठमाडौँ। टाटा मोटर्सले नेपालबाटै व्यावसायिक प्रयोजनको नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। नेपालबाटै पहिलो पटक उक्त विद्युतीय व्यावसायिक प्रयोजनको गाडी बिहीबार काठमाडौँमा सार्वजनिक गरिएको हो।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक कार्यक्रमबीच टाटा एस ईभी पिकअप भ्यान सार्वजनिक गरेको हो। योसँगै सिप्रदी व्यावसायिक ईभीमा समेत प्रवेश गरेको छ।

अहिले नेक्सन, टिगोर र टियागो बिक्री गरिरहेको सिप्रदीले व्यावसायिक ईभीसमेत थपेको हो। टाटा मोटर्सका मोटर्स कमर्सियल भेहिकल बिजनेसका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ राणाले नयाँ ईभी सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएको एस ईभीको मूल्य नेपाली बजारमा २९ लाख ५० हजार रुपैयाँ तोकिएको छ। फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ।

चार पाङ्ग्रे सवारी साधनतर्फ अन्तर्राष्ट्रिय जगतमै उत्कृष्ट प्रदर्शन गरिरहेको टाटा मोटर्सले प्यासेन्जर भेहिकलसँगै व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल) उत्पादन एवम् बिक्रीतर्फ नयाँ आयाम थपेको हो।

कम्पनीले दिगो आवतजावत प्रणाली (सस्टेनेबल मोबिलिटी) लाई प्रवर्द्धन गर्न विभिन्न योजना तथा कार्यक्रमहरू गर्दै आएको छ। यसै सन्दर्भमा सिप्रदी ट्रेडिङ प्रालीले बजारमा कमर्सियल भेहिकलतर्फ नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।

एस ईभी एक उन्नत र रिभोलुसनरी चार पाङ्ग्रे कमर्सियल गाडी हो। शून्य उत्सर्जनसहितको एस ईभी विद्युतीय सवारी साधनको समाधान हो।

नेपाली बजारमा एस ईभी सार्वजनिक भएसँगै यसले विश्व बजारमा पर्यावरणमैत्री यातायातलाई पुनः परिभाषित गरेको छ। हाल विश्व बजार सवारी साधन क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ भन्ने नाराका साथ लागिरहेको समय टाटाले नेपाली बजारमा पनि कर्मसियलतर्फ एस ईभी सार्वजनिक गरेको हो।

सार्वजनिक भएको एस ईभीका पहिलो चरणका ग्राहकहरूलाई डेलिभरसमेत भइसकेको कम्पनीले जनाएको छ। वातावरणीय रूपमा सचेत कम्पनीहरूका लागि एस ईभी एक पर्यावरण-मैत्री मोबिलिटीको समाधान हो।

टाटाको एस ईभी सार्वजनिक गर्दै टाटा मोटर्सका मोटर्स कमर्सियल भेहिकल बिजनेसका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अनुराग मेहरोत्राले भने,'एस ईभी सार्वजनिक हुनुले नेपालमा शून्य उत्सर्जन कार्गो मोबिलिटी प्रदान गर्ने हाम्रो लक्ष्यमा कोशेढुंगा साबित भएको छ।' उनले सिप्रदी ट्रेडिङ प्रालीको बिक्री र सेवा विशेषज्ञता र दशकौँदेखि उनीहरूको समर्पित सहयोगका साथ, विद्युतीय कमर्सियल भेहिकलले नेपालमा व्यवसायको नेट-शून्य लक्ष्यहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेसमेत विश्वास व्यक्त गरे।

एस ईभीलाई इन्ट्रा-सिटी (शहरभित्र) कार्गो यातायातका आवश्यकताहरू परिपूर्ति गर्न डिजाइन र इन्जिनियर गरिएको छ। यसले कार्बन-न्युट्रल भविष्यतर्फ केन्द्रित र सचेत सबै सरोकारवालाहरूलाई उच्च मूल्य प्रस्ताव प्रदान गर्ने टाटाको विश्वास छ।

अन्तर्राष्ट्रिय प्रमुख मेहरोत्राले नेपालमा एस ईभीको शुभारम्भले स्वच्छ ऊर्जातर्फ देशको प्रगतिलाई थप पूरक हुनेसमेत बताए। उनले थप भने,'नेपाली ग्राहकहरूबाट प्राप्त समर्थन र प्रतिक्रियाबाट हामी निकै उत्साहित छौँ। ग्राहकहरूकै लागि र उहाँहरूसँगै यो शून्य उत्सर्जन कार्गो गतिशीलताको यात्रा पनि सुरु गरेका छौँ।'

एस ईभी सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालीका कार्यकारी अध्यक्ष सिद्धार्थ राणाले पनि बजारमा यस प्रकारको उन्नत र वातावरण-मैत्री चार पाङ्ग्रे कमर्सियल गाडी सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे। 

उनले भने, 'नेपाली बजारबाट एस ईभी लन्च गर्न पाउँदा हामी निकै खुसी छौँ। यसले नेपालको पर्यावरण मैत्री यातायातमा नयाँ युगको सुरुआत गरेको छ। दशकौँदेखि टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालीले नेपालमा गुणस्तरीय मोबिलिटी सोलुसनहरू प्रदान गर्न र नेपाली बजारको विश्वास जितेका उत्कृष्ट गाडीहरू निरन्तर रूपमा वितरण गर्न सहकार्य गर्दै आएको छ। टाटा मोटर्स सधैँ टप-अफ-द-लाइन उत्पादनहरू प्रदान गर्न अग्रसर छ।'

उनले एस ईभीले देशको दिगो भविष्यको लागि सिप्रदी ट्रेडिङको साझा दृष्टिकोणलाई मूर्त रूप दिनेसमेत अध्यक्ष राणाले बताए। ‘यो उल्लेखनीय गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्‍याउनेमा हामी विश्वस्त छौँ', उनले थप भने।

सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले नेपालबाटै पहिलो पटक व्यावसायिक विद्युतीय गाडीको उद्घाटन भएकोमा खुसी व्यक्त गर्दै भने, ‘टाटा र सिप्रदीबीच यो असाधारण आयाम हो।’

श्रेष्ठले विद्युतीय सवारीको प्रभाव निकै बढेको भन्दै अगाडि भने, ‘विश्वभर विद्युतीय सवारीको चर्चा चलिरहेको छ। नेपालमा पनि यसको उत्साहजनक रूपमा बढ्दो क्रममा रहेको छ। हालै सम्पन्न नाडा अटो शोमा बुकिङको सवालमा नेपालमा विद्युतीय सवारीमा ढल्कँदै गरेको अवस्था छ।’

सिप्रदीले विगत तीन वर्षदेखि विद्युतीय सवारीको बिक्री वितरण गरिरहेको भन्दै सिइओ श्रेष्ठले अगाडि भने, ‘तीन वर्षदेखि विद्युतीय सवारीलाई स्थापना गर्न अग्रणी भूमिका खेल्दै आएको छ। त्यसको फलस्वरूप अहिले नाडा शोमा पहिलो रोजाइमा परेको देख्दा गौरवको महसुस भइरहेको छ। विद्युतीय गाडीको फाइदा कमर्सियल गाडीका ग्राहकलाई पनि दिनुपर्छ भनेर टाटा एस ईभी नेपालमा सार्वजनिक गरेका हौँ।’

उनले टाटाप्रति भरोसा गर्नेहरूलाई विश्वस्त दिलाउँदै ग्राहकलाई भने, ‘हामीलाई आशा छ जसरी टाटाका गाडीमा वर्षौँदेखि यहाँहरूले माया गर्नुभएको छ त्यसरी नै टाटा एस ईभीलाई पनि माया गर्नुहुनेछ भन्ने पूर्ण आशावादी छौँ। यो पनि नेपाली बजारमा पहिलो रोजाइमा पर्न सफल हुनेछ भन्ने विश्वास गर्दछौँ।’

सिइओ श्रेष्ठले आफूहरूको उद्देश्य टाटाका गाडीहरू बेच्ने मात्र नभएको उल्लेख गर्दै भने, ‘तपाईँले किन्नुभएको सवारी सँगसँगै यसलाई चाहिने चार्जसङ स्टेसनको व्यवस्था सँगसँगै प्रभावकारी सेवा पनि प्रदान गर्ने हो।’ उनले आफूहरूको जिम्मेवारी यतिमा मात्रै सीमित नरहेको उल्लेख गर्दै भने, ‘सिप्रदीको स्थापनादेखि नै उच्च प्राथमिकताका साथ देशका कुना कुनामा ग्राहकहरूसमक्ष सेवा पुर्‍याउने लक्ष्य लिएको छ।’

सिप्रदीका चिफ अपरेटिङ अफिसर राजेश प्रसाद गिरीले आफूहरूले ग्राहकलाई उत्कृष्ट सवारी दिने भन्दै यसमा कुनै पनि गुनासो आउने ठाउँ नदिने बताए। कार्यक्रमकै क्रममा उनले भने, 'जहाँ जे किन्न जाँदा पनि सामानको महत्त्व भन्दा पनि क्रेडिट कति दिन्छ, डिस्काउन्ट कति दिन्छ भनेर सुन्ने गरेको पाइन्छ। तर डिस्काउन्ट दिन बित्तिकै गाडीको मूल्य बढाउनु पर्ने हुन्छ। नत्र कहाँबाट ल्याएर दिने। हाम्रो काम क्यास लिएर सामान बेच्ने हो। हामीसँग राम्रो उत्पादन किन्नुस्। गाडीमा ग्यारेन्टी हामी दिन्छौँ।'

अहिलेको नयाँ व्यावसायिक एस ईभीप्रति उनले भने, 'हामी ग्यारेन्टी दिन्छौँ। सवारीमा केही भयो भने तुरुन्तै सेवा दिन्छौँ। सर्भिसका लागि जति बेला पनि सिप्रदी तयार छ। मेचीदेखि महाकालीसम्म सिप्रदी छ। चौबीसै घण्टा सेवा दिन तयार छौँ।'

नयाँ एस ईभीले ई-कार्गो गतिशीलताको लागि समग्र समाधान प्रदान गर्नेमा कम्पनी सकारात्मक छ। यसको निर्माण सोही ढङ्गमा गरिएको छ भने इकोसिस्टम पनि सोही तरिकाले समर्थित रहेको छ। यो विद्युतीय एसमा विभिन्न नवीन विशेषताहरूसँगै रियल-टाइम भेहिकल ट्र्याकिङ जस्ता विशेषताहरू पनि दिइएको छ। कम्पनीले गाडी बिक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

 

टाटा एस ईभी: हरित भविष्यका लागि रूपान्तरण
 एस ईभी टाटा मोटर्सको 'इभोजेन' पावर ट्रेन विशेषता भएको पहिलो उत्पादन हो। टाटाका अनुसार यसले एक पटकको पूरा चार्जमा १५४ किलोमिटर रेन्ज दिन्छ। एस ईभीमा उन्नत ब्याट्री कुलिङ प्रणाली र पुनः उत्पन्न ब्रेकिङ प्रणाली पाउन सकिन्छ। जसले गर्दा गाडीलाई सुरक्षित ढङ्गमा हरेक प्रकारको मौसममा चलाउन सकिन्छ। यो गाडीमा उच्च अपटाइमको लागि नियमित र छिटो चार्ज गर्ने क्षमता छ।

उच्चतम कार्गो भोल्युम र २२ प्रतिशतको ग्रेड क्षमता सुनिश्चित गर्न एस ईभी १३० एनएम पिक टर्कको साथ २७ किलोवाट (३६ एचपट्ठ) मोटरद्वारा सञ्चालित छ। गाडी पूरै लोड भएको अवस्थामा पनि सहजै उकालोमा समेत चलाउन सकिने टाटाले जनाएको छ । एस ईभीको कन्टेनर नेपालका आवश्यकताहरू पूरा गर्न विशेष रूपमा अनुकूलित गरिएको छ दाबी गरिएको छ । अर्थात् नेपाली बजारको लागि उपयुक्त हुने तरिकाले कस्टमाइज गरिएको छ।

टाटा मोटर्सबारे यसो भन्छ सिप्रदी:
टाटा मोटर्स टाटा ग्रुपअन्तर्गतको भारतीय बहुराष्ट्रिय सवारी साधन निर्माण कम्पनी हो। यो कुल ४३ बिलियन अमेरिकी डलरको सङ्गठन हो। टाटा मोटर्स विश्व बजारमा निकै प्रख्यात र चर्चित ब्रान्ड बनेको छ। 

कम्पनीले चार पाङ्ग्रे कारदेखि युटिलिटी भेहिकल, पिक-अप, ट्रक, बसहरू समेत निर्माण गर्दै छ। कम्पनीले आफ्नो हरेक उत्पादनमा एकीकृत, स्मार्ट, र ई-मोबिलिटी समाधानहरूको विस्तृत दायरा प्रदान गर्दै छ।

टाटा मोटर्स भारतमा कमर्सियल गाडीतर्फ अगुवा रहेको छ भने प्यासेन्जर भेहिकल सेगमेन्टमा कम्पनी शीर्ष तीमा पर्छ। कम्पनीले आफ्नो 'कनेक्टिङ एस्पिरेसन' वाचाको केन्द्रमा रहेर ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

टाटा मोटर्सले ‘जेननेक्स्ट' ग्राहकहरूको कल्पनालाई पूरा गर्ने किसिमका उत्पादनहरू सार्वजनिक गर्ने प्रयासमा छ। कम्पनीले भारत, बेलायत, अमेरिका, इटाली र दक्षिण कोरियामा रहेका अत्याधुनिक डिजाइन र अनुसन्धान तथा विकास केन्द्रहरूबाट आफ्नो कार्य पूरा गरिरहेको छ। यति बेला कम्पनी आफ्नो अत्याधुनिक प्राविधिक र इन्जिनियरिङ क्षेमताका साथ दिगो र बजारको माग अनुसारको उत्पादन बनाउन केन्द्रित छ।

टाटा मोटर्सको उत्पादन भारतसँगै बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियाबाट सञ्चालित छ। कम्पनीले अफ्रिका, मध्यपूर्व, ल्याटिन अमेरिका, दक्षिण पूर्व एसिया र सार्क राष्ट्रहरूमा आफ्नो उत्पादन बिक्री गरिरहेको छ।

टाटा एस ईभीबारे विस्तृतमा:
टाटा एस ईभी टाटा मोटर्सको इभोजेन पावर ट्रेन जडान गरिएको छ। यसले शून्य उत्सर्जन गर्नुका साथै सहरी कार्गो यातायातमा सहजता प्रदान गर्ने सुनिश्चित छ। टाटा एस ईभीले ग्राहकहरूलाई समयमै डेलिभरी गरिदिने पक्का छ। यसलाई घरमै भएको प्लगबाट चार्ज गर्न सकिन्छ भने एक पटकको पूरा चार्जमा १५४ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

प्राविधिक रूपमा एस ईभी एक उन्नत विद्युतीय कमर्शियल गाडी हो, जसको उद्देश्य ई-कमर्स कम्पनीहरूलाई दिगो इन्ट्रा-सिटी यातायातमा सहजता प्रदान गर्नु हो। यसमा टेलीमेटिक्स, ब्याट्रीका लागि लिक्विड कुलिङ प्रविधि र रिजेनिरेटिभ ब्रेकिङ जस्ता फिचरहरू पाउन सकिन्छ।
टाटा एस इभीको विशेषताहरू:

• एक पटकको पूरा चार्जमा १५४ किलोमिटरसम्मको रेन्ज दिने ।
• २२ प्रतिशतको उच्चतम ग्रेडेबिलिटी ।
• सुरक्षित सञ्चालनका लागि उन्नत ब्याट्री कुलिङ प्रणाली, आईपी-६७ रेटेड पानी र डस्ट-प्रुफ
• भारी वजन बोक्न उपयुक्त हुने गरी डिजाइन गरिएको ।
• ६ वर्ष वा १.६ लाख किलोमिटर ब्याट्री वारेन्टी भएको। बलियो ऊर्जा व्यवस्थापन प्रणाली र हरेक मौसममा सुरक्षा ढङ्गमा चलाउन सकिने ।
• मूल्य अभिवृद्धि सेवाहरू पाउन सकिनेछ । यस सेगमेन्टको सबैभन्दा धेरै अप-टाइम रहेको ।
• सजिलो र सुरक्षित चार्जिङको लागि पूर्वाधार विकास भएको ।
• कनेक्टिभिटी समाधानहरू- समर्पित समर्थन केन्द्रमार्फत सवारी साधनहरूको प्रत्यक्ष निगरानी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ