arrow

चराको राजधानी जगदीशपुर ताल [फोटोफिचर]

logo
मनिष अर्याल,
प्रकाशित २०८० असोज ६ शनिबार
jagadishpur-tal (16).jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

कपिलवस्तु । जगदीशपुर ताल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका वडा नं ९ र १० स्थित जगदीशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ । 

पाहुना चराहरूको थलो कपिलवस्तुको जगदिशपुर ताल ४५ वर्षअघिसम्म गाउँ थियो । थारु समुदायको बाहुल्यता रहेकोले त्यो गाउँलाई जगदीशपुर थारु गाउँ भनिन्थ्यो । गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो । 

त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैंसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे । प्रशस्त खेतीयोग्य जमीन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा भने थिएन । 

उत्तरी क्षेत्रमा वाणगंगा र कोइली नदीबाट कुलो र नहरमार्फत खेतमा सिँचाइ गरिए पनि दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा थिएन । त्यही समस्या समाधानको लागि वि.सं. २०३५ सालमा सिँचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाँध बाँधेर जगदीशपुरमा जलाशय निर्माण गर्ने र त्यहीँबाट सयौँ हेक्टर जमीन सिँचाइ गर्ने योजना अगाडि सारेको थियो । 

त्यही सिँचाइको लागि कपिलवस्तु नगरपालिका वडा नं ९ र १० मा बनाइएको जलाशय अहिले चराहरूको लागि स्वर्ग र आकर्षक पर्यटकीय स्थलको रूपमा जगदीशपुर तालको नामबाट देशभर प्रख्यात छ । 

करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ । यो ताल नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठूलो ताल हो । ४,७५०,००० घन मिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ । सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको यो ताल कपिलवस्तु जिल्लाको महत्वपूर्ण धरोहर हो । 

यस तालमा ४६ प्रजातिका माछा, घस्रने प्रजातिका ४२ उभयचर प्रजातिका १० तथा स्तनधारी समूहका समेत प्राणीहरु रहेका छन् । 

साथै यहाँ गर्मीयाममा बसाइ सर्ने ७ प्रजाति, जाडो याममा बसाई सर्ने ६४ प्रजाति र अन्य रैथाने प्रकृतिका प्राणीहरु रहेका छन् । 

विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चराहरु प्रशस्त मात्रामा आउने गर्दछन । 

यस्ता आगन्तुक चराहरु जाडो तथा गर्मी मौसम छल्न आई पुनः आफ्नै मुलुक फर्कने गर्दछन् । विभिन्न प्रजातिका जलचर तथा थलचर प्रजातिका प्राणीहरु प्रशस्त पाइने यस तालमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । 

साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमेनिस्तान र कीर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको पाइन्छ । 

ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाइएको छ । 

ताल सन् २००३ अगस्तमा रामसार साइटमा सूचीकृत भएको थियो । कृत्रिम रुपमा बनाइएको मुलुककै ठूलो यस जगदीशपुर तालमा १ सय १८ बढी प्रजातिका चराचुरुङ्गी पाइने पंक्षी संरक्षण संघले जनाएको छ । 

एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । कपिलवस्तुको शानको रुपमा रहेको यो जलाशय उचित सरंक्षण र सवंर्धनको अभावमा प्रख्यात हुन सकेको छैन । 

पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै नजिकै थारु होमस्टेहरु पनि छन । 

पर्यटकहरूलाई आकर्षित गर्न विगत पाँच छ वर्षदेखि तालमा डुंगा सञ्चालन गरिएको छ । 

चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा बासस्थान बनाउने भएकाले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ । 

तालको वरिपरि डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइन्छ । (नेपाल फोटो लाइब्रेरी) 


 

jagadishpur-tal (3).jpg
jagadishpur-tal (4).jpg
jagadishpur-tal (5).jpg
jagadishpur-tal (6).jpg
jagadishpur-tal (7).jpg
jagadishpur-tal (8).jpg
jagadishpur-tal (9).jpg
jagadishpur-tal (10).jpg
jagadishpur-tal (11).jpg
jagadishpur-tal (12).jpg
jagadishpur-tal (13).jpg
jagadishpur-tal (14).jpg
jagadishpur-tal (15).jpg
jagadishpur-tal (1).jpg
jagadishpur-tal (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ