arrow

शमीको पाँच विकेटमा अष्ट्रेलियाविरुद्ध भारतको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
mohammad-shmi-india-2023.jpg

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेट अघिको एक दिवसीय श्रृंखलामा भारतले अष्ट्रेलियामाथि सहज जित हासिल गरेको छ । 

मोहालीको घरेलु मैदानमा भारतले पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ५ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २७६ रन बनायो । 

डेभिड वार्नरले ५२ तथा जोश इङलिसले ४५ रन बनाए । भारतका लागि मोहम्मद शमीले ५१ रन खर्चेर ५ विकेट लिए । दुई खेलाडी रनआउट भएका थिए । 

जवाफमा भारतले ८ बल खेल्न बाँकी छँदै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । पहिलो विकेटका लागि १४२ रनको साझेदारी गर्ने क्रममा शुबमन गिलले ७४ तथा ऋतुराज गाइकवाडले ७१ रन जोडे । 

त्यस्तै नियमित कप्तान रोहित शर्मा र उपकप्तान हार्दिक पाण्डेयाको उपस्थिति बिना खेलिएको खेलमा कप्तानी सम्हालेका केएल राहुलले अविजित रहँदै ५८ तथा सूर्यकुमार यादवले ५० रन बनाए । 

यो जितसँगै भारतले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल भोलि इन्दोरमा हुनेछ । 

एक दिवसीय विश्वकप ५ अक्टोबरदेखि शुरु हुँदै गर्दा आर्मअप खेलहरु भने सेप्टेम्बर २९ देखि हुँदैछन् । 

यसपालि भारतले एक्लै एक दिवसीय विश्वकपको आयोजना गर्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ