arrow

मुगु सदरमुकाममा आगलागी

काठले बनेको घरबाट सल्कियो आगो, आठ घर जलेर खरानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
mugumgadi.jpg

मुगु । जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति आगलागी भएको छ । 

गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा छ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
 
नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार गए राति काठले बनेको एक घरबाट आगो सल्किएको थियो । आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर खरानी भएका प्रनाउ थापाले जानकारी दिए । 

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरूले आगो नियन्त्रण गरेका थिए । विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर खरानी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ