arrow

मुगालीलाई वर्षैपिछे विपद् : मध्यरातमा लागेको आगोले घरहरु खरानी

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० असोज ६ शनिबार
mugu-aago.jpg

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राती आगलागी हुँदा ८ घर सहित ९ पसल जलेर खरानी भएका छन् । राती १२ बजे गमगढी बजारको कृष्णचोक हुँदै न्युरोड जाने सडकको छेउमा पर्ने घर तथा पसलहरू जलेर खरानी भएका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार आगलागीबाट पुतली मल्ल, प्रदीप रावल, पञ्च सेजुवाल, साल्तोना खत्री, जङ्ग ऐडी, सोनाम लामा र तार्के लामाका घर पदमराज मल्लको टिनको टहरा जलेर खरानी भएको छ । 

ती घरहरूमा विभिन्न व्यवसाय गदै आएका नरेश शाही कम्प्युटर पसल, पूर्णालक्ष्मी मल्ल एलपि ग्यास गोदाम, लक्ष्मी मल्ल होटेल, पदमराज मल्ल फेन्सि पसल, उद्धीम भाम होटेल, रूपदेवी बुढा तरकारी पसल, शेर बहादुर मल्ल तरकारी पसल, महम्मत साकिर कवडिया टेलर्स र सान्तराज मल्ल हेयर कटिङ्ग व्यवसाय पनि आगलागीबाट खरानी भएका छन् ।

आगलागी कसरी भयो र क्षति कति भयो त्यसको अनुसन्धान र मुचुल्का उठाउने कार्य भइरहेको पनि प्रहरीले बताएको छ । सदरमुकाम मुटुमा रहका घर र व्यवसाय भएकाले करोडौँको क्षेती अनुमान गरिएको छ । 

आगो नियन्त्रण गर्ने गमगढी बजारमा वितरित खानेपानीको प्रयोग गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीले बिहान ५ बजे आगो नियन्त्रण लिएको थियो ।

प्रत्येक वर्ष मुगुमा विभिन्न विपद्‌ले सताई रहँदा स्थानीय त्रसित भएका छन् । २०७८ साल कार्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा आगलागी हुँदा २३ घर खरानी हुनुका सार्थै करोडौँको क्षेती भएको थियो । 

सोही साल असोज २७ गते पिना तपने खोलामा यात्रु बाहक बस दुर्घटना हुँदा ३३ जना र गत वर्ष असोज १७ देखि २३ गतेसम्म परेको पानीले गाउँमाथिबाट पहिरो आई सालिम गाउँमा ८ जनाको मृत्यु भएको थियो । जिल्ला भरी सयौँ जना बाढी पीडित भएको आलो घाउ सेलाउन नपाउँदै शुक्रबार पुन आगलागी भएर करोडौँको क्षति भएपछि स्थानीय त्रसित छन् । 

आगलागीबाट पीडित घरधनी, व्यवसायी र घर हालवाला हरूलाई स्थानीय सरकारका नाताले तत्काल सहयोग गर्ने छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताए उनका अनुसार घरधनीलाई प्रतिघरधनी ५० हजार र अरूलाई उपयुक्त नगद सहयोग गरिने छ । तत्कालका लागी खाना र बस्नको लागी आर्थिक सहयोग गरे पनि दीर्घकालका लागी घर पुनर्निर्माण गर्न पहल गर्ने पनि नगरप्रमुख भामले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ