arrow

सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन: योगेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
yogesh-bhattarai-2080-03-24.jpg

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् । मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको भनाई थियो । 

सचिव भट्टराईले मुलुकलाई सबल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले शिक्षामा लगानी गर्ने कुरा वार्षिक रूपमा घट्दै जानु विडम्बनाको विषयमा भएको समेत स्पष्ट पारे । सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको शुभारम्भ गर्न पनि सरकारलाई सचेत गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ