arrow

ॐ हस्पिटलमा माछापुच्छ्रे बैङ्कका ग्राहकलाई विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
mbl-bank-ohm-hospital-mou.jpg

काठमाडौँ। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुच्छ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

समारोहमा ॐ हस्पिटलका तर्फबाट ॐ अस्पतालका शेयर धनी हरि प्रसाद पाठक, मेडिकल डाइरेक्टर डा.हरिस जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो। माछापुच्छ्रे बैङ्कका तर्फबाट चिफ विनजनस अफिसर विनित चन्द्र झा, चिफ डिजिटल बैङ्किङ अफिसर माधव सुवेदी , बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चाबहिल शाखा प्रबन्धक नीरज सिग्देलको उपस्थिति थियो।

सम्झौता अनुसार बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू , कर्मचारीहरू तथा योनो नेपाल एसविआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अधि देखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एकै छाना मुनी आकस्मिक उपचार देखी सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरूमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ।

निःसन्तान दम्पतीलाई दाम्पत्य सुख प्रदान गर्ने आइभिएफ सेवाको सुरुवात गर्ने यो अस्पतालले मातृ शिशु सेवा, स्त्री तथा प्रसूति रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मूत्र रोग लगायतका विषयमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। मिर्गौला रोग र अर्बुद रोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ। स्वास्थ्यप्रति जागरूक नागरिक रुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ।

त्यसै गरी, माछापुच्छ्रे बैङ्कका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरू रहेका छन्। बैङ्कले १२ एक्सटेन्सन काउण्टर, १३० शाखा रहित बैङ्किङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुविधा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ