arrow

प्रधानमन्त्री, मन्त्रीको विदेश भ्रमणले खर्च बढ्योः सांसद भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
yogesh-bhattrai-minsiter-tourisum.jpg

काठमाडौं ।  नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताएका छन् । 

 बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो ६ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरु विदेश भ्रमणमा रहेका बताए ।

 उनले कोभिड १९ अगाडीको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरुको भ्रमण भइरहेको बताए । शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै उनले यसले साधारण खर्च बढिरहेको बताए । 

यसरी भ्रमण गर्नु फजुल खर्च गर्नु मात्रै भएको उनले बताए । सांसद भट्टराईले पछिल्लो ६ महिना, वर्ष दिनमा भ्रमण गएकाहरुको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ