arrow

उद्योग वाणिज्य संघका अध्यक्षको पसलमा २९ बोरा मिति सकिएको चामल, तीन लाख जरिवाना

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असोज १० बुधबार
chapa-kavre-2080-06-10-.jpg

काभ्रेपलाञ्चोक । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेको पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ ।

अनुगमनका क्रममा विभागको टोलीले पनौती नगरपालिका ७ मा रहेको ओम श्री पसछे ट्रेडर्सबाट मिति सकिएको २९ बोरा चामल बरामद गरेको छ।

विभागको टोली बरादम गरेको म्याद सकिएको चालम नस्ट गर्दै ओम श्री पसछे ट्रेडर्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । 

उनले ट्रेडर्सबाट ६७ हजार बराबरको म्याद सकिएको चामल बरामद गरिएको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले चाडबाडलाई लक्षित गर्दै बजार अनुमगन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ