arrow

गुप्तचरलाई नै बाइडेनको कुकुरले टोकेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
biden-dog.jpg

काठमाडौं ।  अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा कामका सिलसिलामा उच्च पदस्थ अधिकारी देखि सेना,प्रहरीका प्रमुखहरू पनि पुग्ने गर्छन् ।  अमेरिकी राष्ट्रपतिको सुरक्षामा अमेरिकी गुप्तचर सेवाको महत्त्वपूर्ण भूमिका हुन्छ।

उनीहरू दिनरात राष्ट्रपतिको वरपर हुन्छन् । यो एजेन्सीलाई १९०१ देखि अमेरिकी राष्ट्रपतिको सुरक्षाको जिम्मा सुम्पिएको छ । गुप्तचर सेवामा करिब ७ हजार एजेन्ट र अफिसरहरू काम गर्छन्। 

यसैबीच व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले टोकेको छ । बर्दिलगाएका गुप्तचर सेवाका कर्मचारीलाई कुकुरले टोकेको हो । 

 दुई वर्षीय जर्मन शेफर्ड कुकुरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत ती कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्रपति बाइडेन हैरान भएका छन् ।

वाइडेनले दुई जर्मन शेफर्ड पालेका छन् । जसमध्ये सानो कुकुरले गुप्तचका कर्मचारीलाई टोकेको हो ।

यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीको हात र तिघ्रामा टोकेको थियो ।

उनलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो । 

कुकुरले टोकिएका गुप्तचरका कर्मचारीले आफ्नो स्वास्थ्य स्थिति ठिक रहेको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ