arrow

उच्चस्तरीय समिति तत्काल बनाउन रास्वपाको माग, राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र बुझाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति तत्काल गठन गर्न माग गरेको छ ।  

रास्वपाले  भदौ ६ गते राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच भएको सुन तस्करी प्रकरणको थप छानबिनका उच्चस्तरीय समिति बनाउने सहमति कार्यान्वयन गर्न माग गरेको छ । 

बुधवारको बैठकले सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ  । 

साथै राष्ट्रपतिले दिएको  कैद मिनाहा माथि सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने  भएको छ । राष्ट्रपतिलाई पनि कानून र संविधानको पालना गर्ने कर्तव्यमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

संविधान दिवको आचरण सुध्रिएका ५० प्रतिशत कैद सजाय भोगेका र निश्चित उमेर काटेकाहरूले बाँकी कैद मिनाहा गरिएको थियो । 

कैदीलाई मिनाहा गरिनु  कानूनको बर्खिलाप हुने गरी र जघन्य अपराधमा मुछिएका व्यक्तिलाई पनि नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रीपरिषद्को सिफारिसमा मिनाहा हुनु राम्रो नभएको रास्वपाको ठहर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ