arrow

आन्तरिक विवादमा पर्यटन मन्त्रलय

मन्त्री र पर्यटन वोर्डका सीईओबीच जुहारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
paryatan-ceo-mantri.jpg

काठमाडौं । पर्यटन दिवसको दिन पर्यटन  मन्त्री र पर्यटन वोर्डका सीईओबीच जुहारी चलेको छ । 

दिवसका दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र खुम्ले किरा रहेको टिप्पणी गरेका थिए भने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक (सिइओ)  डा.धनञ्जय रेग्मीले मन्त्रीहरुसँग भिजन नहुने गरेको आरोप लगाए । 

मन्त्री किरातीले ३५ सालको पर्यटन ऐन बोकेर बसेको तर  बोर्डलाई अब सक्रिय बनाएर लैजाने बताउँदै त्यहाँभित्र खुम्ले किराहरू रहेको टिप्पणी गरेका थिए ।  उनले पर्यटन बोर्डभित्र खुम्ले किरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताए । 

यता पर्यटन वोर्डका सीईओ रेग्मीले मन्त्रीसँग दीर्घकालीन भिजन नहुने भन्दै पर्यटनको बाटै नभएको सुनाए । न प्रधानमन्त्री कार्यालयलाई यो देश कता लाने भन्ने थाहा छ । न पर्यटन मन्त्रीलाई थाहा छ । पर्यटन पनि व्यक्ति अनुसारको बाटोमा हिँडाउने हो ? उनले प्रश्न तेर्साएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ